असईलाई कान्छी पत्नी बनाएको आरोपमा डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ
रुपन्देही । नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार पक्राउ पुर्जी कार्यान्वयन गरी नियन्त्रणमा लिएको हो। डीएसपी नेपालकी जेठी श्रीमती तारा खनाल नेपालले बहुविवाहको उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी