सांंसद नारायणकाजी श्रेष्ठ र विमला पौड्यालद्वारा नागरिकता विधेयकको विरोध
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाबाट हालै पारित नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभामा आजको छलफलमा सहभागी हुँदै श्रेष्ठले विधेयक पारित गर्ने प्रक्रिया र यसका अन्तरवस्तुमाथि उनले प्रश्न उठाएका हुन ।