प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्न जेन–जी फ्रन्टको पाँच बुँदे माग
काठमाडौँ । नेपाल जेन–जी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गर्दै पाँच बुँदे मागपत्र सरकारमा पेस गरेको छ । प्रधानमन्त्रीको सचिवालयमा श्रेष्ठले आफ्नी पत्नीसहित नातेदारहरूलाई नियुक्ति गराएको खुलासा भएपछि फ्रन्टले कडा आपत्ति जनाएको