हिरासतबाट फरार स्वर्णलक्ष्मी सहकारी ठगीका प्रतिवादी बम्जन पुनः प्रहरी नियन्त्रणमा
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार प्रतिवादी ज्ञानबहादुर बम्जन पुनः प्रहरी नियन्त्रणमा आएका छन्। सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो ।