कोटेश्वर-जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले साढे ३१ अर्ब ऋण दिने
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना निर्माणका लागि ऋण सहायतासम्बन्धी सम्झौता सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार जापानले ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण