प्रधानमन्त्री ओली आज धनुषा र महोत्तरी जाँदै, प्रहरी कार्यालय र सडकको उद्घाटन गर्ने
काठमाडौं, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरी जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुन जनकपुर जाँदैछन् । प्रधानमन्त्री ओली शुक्रबार बिहान साढे ११ बजे काठमाडौंबाट जनकपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनका सचिवालयले जनाएको छ ।