अछाममा छाउ बार्ने क्रममा ढुङ्गा खस्दा महिला र बालिकाको मृत्यु, एक गम्भीर घाइते
काठमाडौं । अछाम जिल्लामा महिनावारी (छाउ) बार्न खेतमा पाल टाँगेर सुतिरहेका बेला भीरबाट खसेको ढुङ्गाले लाग्दा दुई जनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५:३० बजे पहिरोसँगै