सभामुखको भूमिकामाथि विपक्षीको प्रश्न, रास्वपासँगको नाभी काट्न नसकेको कांग्रेसको आरोप, रास्वपाको आपत्ति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिमा सभामुखले रुलिङ नगरेको भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा पुनः प्रश्न उठाएका छन्। यस क्रममा नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि नै प्रश्न उठाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसप्रति आपत्ति जनाएको