गोवामा ज्यान गुमाएका पाँचै नेपालीको पहिचान, शव नेपाल ल्याउने प्रक्रिया सुरु
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा ज्यान गुमाएका पाँचै नेपालीको पहिचान खुलिसकेको छ। आगलागीमा नेपालीसहित २५ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्। गोवा प्रहरीका अनुसार मृत्यु हुने नेपालीहरूमा— चूर्णबहादुर पुन (३१), दाङ, लिलबहादुर कटुवाल ‘विवेक’, सिन्धुली, सविन