इन्द्रचोकमा पेस्तोल देखाएर गहना पसल लुट्ने प्रयास गर्ने तीन जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–९ बोडेका ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लुका ३४ वर्षीय अरुण भुजेल र ललितपुर महालक्ष्मी नगरपालिका–६ का