संसद्मा डीपी अर्याल र रामहरि खतिवडाबीच भनाभन, सभामुखको संयमित भाषा प्रयोग गर्न आग्रह
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा भिजिट भिसा प्रकरणको विषय उठ्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच तीव्र भनाभन भयो । अर्यालले आफूमाथि सदनमै गम्भीर आरोप लगाइएको भन्दै ती अभिव्यक्तिहरू संसदको रेकर्डबाट हटाउन माग