कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरले खोल्यो आवेदन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो ।