काठमाडौँ–५ बाट एमाले उम्मेदवारमा ईश्वर पोखरेल मात्र सिफारिस
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ। आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनका लागि पोखरेललाई सर्वसम्मत उम्मेदवारका