वीरगंजमा दिउँसो १ बजेसम्म कर्फ्यु जारी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रमा आज बिहान ८ बजेदेखि लागू कर्फ्यु आदेशलाई दिउँसो १ बजेसम्मका लागि थप गरेको छ। सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म जारी कर्फ्यु आदेशलाई निरन्तरता दिँदै थप समय तोकिएको हो।