ग्यास बुलेट दुर्घटनापछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बोकेको बुलेट दुर्घटनामा परेपछि सवारी आवागमन अवरुद्ध भएको छ। मंगलबार बिहान ७ः५० बजे पूर्वतर्फबाट आउँदै गरेको युपी १७ ए २१४ नम्बरको ग्यास बुलेट दुर्घटनामा परेको हो। दुर्घटनापछि बुलेट सडकमै तेर्सो परेको