सशस्त्र हेडक्वार्टर आगलागी प्रकरण : डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालयस्थित एमटी शाखा (सवारी व्यवस्थापन शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको जनाएको छ।