प्रधानमन्त्री ओली र भियतनामी उपराष्ट्रपति सुआनबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन्ह सुआनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरबारमा सम्पन्न उक्त भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग विस्तार र साझेदारीका विषयमा कुराकानी भएको बताइएको छ ।