प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल जारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा उच्चस्तरीय राजनीतिक छलफल जारी छ । छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसमेत सहभागी छन्