इजरायलबाट फर्कन ८८५ नेपालीले नाम दर्ता गराएका छन् : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल–इरानबीचको द्वन्द्वका कारण नेपाल फर्किन चाहने ८८५ जना नेपालीले नाम दर्ता गराएको जानकारी दिएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले संकटग्रस्त क्षेत्रबाट नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक प्रक्रिया अघि बढाइरहेको