संशोधनविना बजेट पास गर्ने तयारी, के गर्लान् नेकपा एस र जसपाले ?
काठमाडौं । सरकारले संघीय संसदमा प्रस्तुत गरेको आ व २०८०/८१ को वजेटप्रति विपक्षी दलको मात्र होइन, सत्तारुढ दलकै चर्को असन्तुष्टि छ । सरकारको प्रमुख घटक नेपाली कांग्रेसदेखि स्वयं प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी माओवादीका सांसदहरुले समेत वजेटप्रति असन्तुष्टि जनाएका छन् ।