हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने, बाली लगाउने समयभन्दा १५ दिनअघि नै समर्थन मूल्य तोकिने
काठमाडौँ । भूमि सम्बन्धी कानुन संशोधन गरी भूमिहीनको समसया स्थायी रुपमा समाधान गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षभित्र लगत संकलन गरी ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने बताएका छन् ।