आइतबारे बिदा फिर्ता लिन मेयर्स फोरमको माग, कानुनी कदम चाल्ने चेतावनी
काठमाडौँ । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ । फोरमले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएको छ।