सेवा सुविधामा विभेद गरिएपछि अपर तामाकोशीका कर्मचारी चार दिनदेखि आन्दोलित
दोलखा । खाइपाइ आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध आन्दोलनमा