अजरबैजान सीमानजिक २० जना सवार टर्कीको सैन्य विमान दुर्घटना
काठमाडौं । टर्कीको एक सैनिक मालवाहक विमान अजरबैजानसँगको सिमानामा दुर्घटनाग्रस्त भएको छ। विमानमा चालक दलसहित २० जना सैनिक सवार रहेका बताइएको छ। उनीहरूको अवस्था आधिकारिक रूपमा पुष्टि भएको छैन, तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनसहित अजरबैजान र जर्जियाका अधिकारीहरूले मानवीय