काठमाडौँ । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
मंगलबार भएको भेटमा राजदूत झाङले चीनका परराष्ट्रमन्त्रीका तर्फबाट पठाइएको बधाई तथा शुभकामना सन्देश परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरेका हुन्। खनालले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेको अवसरमा बेइजिङबाट उक्त सन्देश पठाइएको हो।
भेटका क्रममा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ। साथै दुई देशबीच आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने लगायत विविध विषयमा पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



















