काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।
बैठकबाट केही महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ। सामान्यतया मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि विशेष परिस्थितिका कारण आकस्मिक बैठक डाकिएको हो।
यसअघि आइतबार बसेको बैठकले सरकारी बिदा आइतबार पनि थप्ने तथा कार्यालय समय हेरफेर गरेर विहान ९ वजेदेखि साँझ ५ बजेसम्म गर्ने निर्णय गरेको थियो।




















