काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा उनीहरूले औपचारिक रूपमा शपथ लिएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका थिए।
संसद् सचिवालयका अनुसार कुल ६३ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।
शपथ ग्रहण कार्यक्रममा सांसदहरू आ–आफ्नै परम्परागत तथा सांस्कृतिक भेषभूषामा सिंहदरबार पुगेका थिए।


















