काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे दलको कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । रास्वपाको विधानमा दलको नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समितिले उक्त कुरा टुंग्याउन लागेको हो ।
बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ ।
रास्वपाले विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दावेदार वरिष्ठ नेता बालेन शाहलाई दलको नेता चयन गर्नेछ ।




















