काठमाडौं । विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले अधिकारीलाई उक्त रकम धरौटी बुझाएर रिहा हुन आदेश दिएको हो।
अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्।
उक्त प्रकरणमा थप सुनुवाइ जारी रहेको अदालतले जनाएको छ।




















