काठमाडौं । सरकारले शनिबार (भोलि) सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेको हस्ताक्षरमा शुक्रबार जारी सूचनामा शनिबार इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) अवसरमा सार्वजनिक विदा दिइएको जनाइएको छ ।
२०८१ फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इदका दिन सार्वजनिक विदा दिने व्यवस्था भएको सूचनामा उल्लेख छ । गृह मन्त्रालयले इदको उपलक्ष्यमा देश–विदेशमा रहेका इस्लाम धर्मावलम्बी तथा नेपाली दाजुभाइ–दिदीवहिनीमा शुभकामना समेत व्यक्त गरेको छ ।





















