काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित भएका छन् । प्रधानमन्त्री तथा कोषकी संरक्षक कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि अध्यक्ष पदमा मनोनयन गरेकी हुन्।
यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा सिन्धुलीका श्रेष्ठ नियुक्त भएका हुन्।
अध्यक्षका रूपमा श्रेष्ठले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन्। राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था छ।
समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका श्रेष्ठ पेशाले कानुन व्यवसायीसमेत हुन्।



















