काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ । लामिछानेको मुद्दा सर्वोच्च अदालतका न्यायाशीश सारङ्ग सुवेदी र सुनिलकुमार पोख्रेलको इजलासमा सुनुवाइ भएको थियो ।
तर सुनुवाइ नसकिएपछि सो मुद्दा आज ‘हेदाहेर्दै’ मा राखिएको हो । लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयमाथि परेको रिटमा बहस भएको थियो ।




















