इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले आफ्नो बाबुको विरासत पुनः जोगाएका छन् । एमालेका युवा उम्मेदवार नेम्बाङ यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन्। उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गरेका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गरेका छन्। देश भरिबाट भारी मतान्तरसहित विजयी हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले भने इलामबाट ७ हजार ८ सय १४ मत प्राप्त गरेका छन्, भने नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत पाएका छन् ।




















