काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।
विभिन्न जिल्लाका निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार मतगणना जारी रहेका स्थानमध्ये हालसम्म रास्वपा ७८, कांग्रेस १०, एमाले ८, नेकपा ८, श्रम संस्कृति ४, राप्रपा १ र स्वतन्त्रका १ उम्मेदवारले अग्रता बनाएका छन् ।
त्यसैगरी रास्वपा ४१, कांग्रेस ६, नेकपा २, एमाले २ र स्वतन्त्रका १ जना उम्मेद्वार विजयी भइसकेका छन् । अहिलेसम्मको विजयी तथ्यांक हेर्दा रास्वपा पहिलो, कांग्रेस दोस्रो, नेकपा र एमाले तेस्रो स्थानमा रहेका छन् ।




















