काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ ।
आज मतदान सम्पन्न भएको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा बधाई दिएको हो ।
अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आज सम्पन्न निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। अहिले विभिन्न स्थानबाट मतपेटिका गणनास्थलमा ल्याउने काम भइरहेको छ भने केही स्थानमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।




















