काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन बुझाउनासाथ कार्यान्वयन गरिने बताएकी छन् । सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले अन्य कुनै प्रतिवेदन भए पनि सार्वजनिक गरिदिने बताइन् ।
‘आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ । मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन । त्यसैले अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ । ताकि जनताले थाहा पाऊन्,’ उनले भनेकी छन् ।
उनले निर्वाचनमा सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्ति गर्दै यसका लागि सम्पूर्ण टिमको मेहनत र परिश्रम रहेको बताइन् । उनले जेनजीले उठाएका मागहरू अब बन्ने सरकारले सम्बोधन गर्नुपर्ने बताइन् ।



















