काठमाडौं । आज सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियोे ।
त्यस्तै चाँदीको भाउ तोलामा २७५ रुपैयाँ घटेको छ । आज चाँदी ५ हजार ५४० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।




















