काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट एमाले अध्यक्ष एवं विकासप्रेमी पूर्वप्रधानमन्त्री केपी ओलीको जित सुनिश्चित भएको छ ।
अहिले निर्वाचनको इपी सेन्टर झापा ५ को निर्वाचन क्षेत्र बनिरहेका बेला मार्गदर्शन खबरपत्रिकाले २ हप्ता लामो स्थानीय स्तरमा गरेको स्थलगत अध्ययनपछि केपी ओलीको जित सुनिश्चित रहेको तथ्य फेला पारेको हो ।
विसं २०४८ देखि अध्यक्ष ओलीले जित्दै आएको क्षेत्र, विकास निर्माणका दृष्टिले हेर्दा झापा ५ सबैभन्दा अगाडि रहेको र त्यसको सम्पूर्ण श्रेय मतदाताले ओलीलाई दिएबाट पनि जित्ने पक्कापक्की जस्तै भएको छ ।
सो निर्वाचन क्षेत्रका मतदाताहरुले अहिलेको परिस्थितिमा देश जलाउनेलाई होइन देश बनाउनेलाई नै मत दिने अभिमत प्रष्टसँग राखेका छन् र उनीहरु ओलीले जित्नेमा ढुक्क छन् ।
यसका साथै सो क्षेत्रका एमालेबाहेकका अन्य पार्टीहरु राप्रपा, नेकपा, कांग्रेसलगायतले पनि प्रत्यक्षमा एमाले अध्यक्ष ओलीलाई नै मत दिएर अत्यधिक बहुमतले जिताउने मार्गदर्शनले गरेको सर्वेक्षणले देखाएको छ ।
देश संकटमा रहेको बेला देशलाई माया गर्ने केपी ओली जत्तिको व्यक्तित्व नभएको सो क्षेत्रका मतदाताले दाबी गरेका छन् । त्यसैले ओलीले नै जित्नेमा झापा ५ का मतदाताहरु आफूहरु विश्वस्त रहेको बताउँछन् ।




















