काठमाडौं । नेपाल सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा रहने गरी निर्णय गरेको हो। सरकारले निर्वाचनलाई सहज, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुग्ने उद्देश्यले बिदा दिने निर्णय गरेको जनाएको छ।
यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले तीन दिन सार्वजनिक बिदा घोषणा गरेको हो।




















