लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार (फागुन ९) लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्यान्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, वज्रयान मन्दिर र विश्वशान्ति स्तूपको अवलोकन गरेकी छिन् ।
निर्वाचनको तयारीबारे सम्बद्ध निकायहरूसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आएकी हुन् ।
प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराए । (रासस)


















