हेटौँडा । हेटौँडा–१६ स्थित चिसापानीको धरान–चतरा सडक खण्डको बीच भागमा आज बिहान फेला परेको शंकास्पद वस्तुलाई सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
आज बिहान करिब ५:१५ बजे सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको शंकास्पद वस्तु देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै घटनास्थल पुगेको सेना र प्रहरीको संयुक्त टोलीले बिहान ८:१० बजे उक्त शंकास्पद वस्तु सुरक्षित रूपमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




















