काठमाडौं । जहरसिंह पौवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना भएको छ । शंखरापुर नगरपालिका–३ स्थित फेदीको पुल नजिक जहरसिंपौवा यातायात प्रालिको बस दुर्घटना हुँदा हुँदा २० जना भन्दा बढी घाइते भएका छन् ।
सामान्य घाइतेलाई पिपल्स लाईफ केयर हस्पिटल साँखु र गम्भीर घाइते भएकालाई काठमाडौं मेडिकल कलेजमा लगिएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ ।




















