रामेछाप । काठमाडौँबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । मन्थली नजिक पुगेपछि केहीवेर अघि भएको दुर्घटनामा कम्तीमा पनि चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
५९७५ नम्बरको अरनिको यातायातको बस खुर्कोटबाट झण्डै तीन किलोमिटर अगाडि मन्थलीतर्फको सडकबाट तामाकोसी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर राजन अधिकारीका अनुसार पहराबाट खसेको बस तामाकोसीमा डुबेको छ। ६ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाएको छ भने घटनास्थलमा चारजनाको शव फेला परेको छ । केही यात्रु पौडिएर निस्किएका छन्।
बससहित नदीमा कति यात्रु डुबे खुलिसकेको छैन। केही घाइतेलाई डुंगाको सहायताबाट प्रहरीले उद्धार गरिरहेको छ।



















