काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाबाट ५०० किलो गाँजासहित १० जना पक्राउ परेका छन् । आमचोक गाउँपालिका-९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसहित ९ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । ट्याक्टरमा गइरहेका उनीहरूको शंकास्पद गतिविधि देखिएपछि प्रहरीले निगरानी बढाएको थियो ।
प्रहरीले ना. ७ त ३५० नम्बरको ट्याक्टर जाँच गर्दा ४३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला परेको हो । सबैजनालाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । (रासस)




















