काठमाडौं । जमल क्षेत्रमा आज दिउँसो चार वटा सवारीसाधन एकआपसमा ठोक्किँदा आगलागी भएको छ। तीव्र गतिमा रहेका सवारीसाधन ठोक्किएलगत्तै एउटा गाडीमा लागेको आगो अन्य दुई सवारीसाधनमा समेत फैलिएको थियो।
प्रहरीका अनुसार दुर्घटनापछि आगलागी हुँदा चार–पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको छ।
सडकको बीचमै सवारीसाधनमा आगो लागेपछि जमल र दरबारमार्ग आसपासको ट्राफिक व्यवस्था पूर्ण रूपमा अवरुद्ध भएको छ। सूचना प्राप्त हुनासाथ दमकल तथा प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। तर, दुर्घटनामा संलग्न सवारीसाधनहरूमा ठूलो क्षति पुगेको जनाइएको छ।
प्रहरीले घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।




















