काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीबाहेक अन्य सबै नेता–कार्यकर्तालाई आ–आफ्नो भूमिकामा फर्किन आह्वान गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरमाथि कारबाही गर्ने निर्णय गरेको हो।
बैठकले उनीहरू बाहेक विशेष महाधिवेशनमा सहभागी भएका नेता, कार्यकर्तालाई सबै नेतालाई पार्टीको नियमित गतिविधि र जिम्मेवारीमा फर्किन आग्रह गरेको एक नेताले जानकारी दिए।




















