काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार कार्यतालिका सार्वजनिक गरेका हुन् ।
सार्वजनिक कार्यतालिका अनुसार आजै राति ९ बजेदेखि मतदान हुने छ। यसअघि मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ। मतदाता नामावलीमाथि दाबी–विरोध र छलफलका लागि साढे १ बजेसम्म समय तोकिएको छ।
दिउँसो ४ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ भने साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्वाचन केन्द्रीय समितिका लागि हुनेछ।
यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरी मंगलबार बिहान सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको थियो।






















