काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बिहान ९ बजे नै बस्ने भनिएको बैठक केही बेरअघि मात्रै एमाले केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकमा नजिकिँदै गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल हुने बताइएको छ। आउने माघ ११ गते राष्ट्रिय सभाका रिक्त पदका लागि निर्वाचन हुँदै छ ।
राष्ट्रियसभा निर्वाचनम एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायत दलसँग तालमेलका लागि छलफल गरेको छ ।
आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए भने नेपाली कांग्रेसका कावा सभापति पूर्णबहादृर खड्का र नेता रमेश लेखकसँग पनि छलफल गरेका छन् ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ वटाका लागि चुनाव गर्न लागिएको हो। एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ ।
एमालेको जारी सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा प्रतिनिधिसभा निर्वाचन, केन्द्रीय कमिटीका एजेन्डा, नेताहरुको कार्यविभाजनलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।




















