हेटौँडा । चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ । वाग्मती गाउँपालिकामा–१, भैसेमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार, ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । (रासस)



















