काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई माया गर्नेहरूले सिंहदरवार नजलाएको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिंहदरवार जलाउँछु भन्नेहरूले नै जलाएको आरोप लगाए।
अध्यक्ष ओली योजनाबद्ध तरिकाले सिंहदरवारलगायत सरकारी संरचनाहरूमा आगजनी गरएको बताए। उनले साँझ परेपछि उज्यालो हुने भन्दै नेता-कार्यकर्तालाई संयमता अनाउन आग्रह गरे।
जेनजी आन्दोनमा भएको घटनापछि देश बदनाम भएको उनले बताए। भिसा नदिने, काम नदिनेजस्तो अवस्थामा देश पुगेको भन्दै उनले नेपाल इमान्दार मानिसहरूको देश भएको चिनाउनुपर्ने बताए।
देशमा ठूलो क्षति भएकाले यस्ता घटना हुन नदिन संगठित भएर जानुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले नेता-कार्यकर्तालाई हिम्मत र हरेस नखाइकन अगाडि बढ्न निर्देशन दिए ।



















